• Monday 5th of October 2026

सरकारले तस्करसँग २९४ पटक सम्पर्क गर्ने, छाड्न दबाब दिन भन्सारमा कुदेर पुग्नेलाई छाड्यो : ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्कारी गरेको आरोप लगाएका छन् । बढ्दो महंगी र उपभोक्ता हित विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै गर्र्दै तस्करीलाई सत्तापक्षले पोलिटिकल एजेण्डा बनाएको बताए ।

उनले भने, ‘साढे ९ केजी सुन पक्राउ गर्यो त्यो कहाँ गयो ? के भयो ? अत्तोपत्तो छैन । बजारले त्यसलाई सामान्य रुपमा लिएको छ । भन्सारमा पक्राउ पर्यो त्यो अलपत्र अलपत्र सक्यो । कोकोका बाउछोरा केके भयो अरे । २९४ पटक सम्पर्क भएको देखियो । भन्सारमा कुदेर गएको पाइयो । यो छाड्देउ भनेको पाइयो । तर पनि केही पनि होइन । लाञ्छित कसलाई गर्नेभन्ने उहाँहरुको पोलिटिकल एजेण्डा छ ।’

उनले संसदमा पशुपतिमा सुन भनेर पित्तल लगाइयो भन्ने हल्ला चलाएर एरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याएको आरोप लगाए ।

उनले भने, ‘सरकारसँग सुन गाल्ने मेसिन एउटा छ । सरकारको पखेटा भन्ने कि के तिनिहरुसँग पहिले चारवटा भेटियो। अहिले एउटा गरी पाँचवटा मेसिन भटियो। गैरसरकार भन्ने कि तस्कर भन्ने अब।’
उनले सय किलो सुन घटाएर ६१ किलोमा झारेको आरोप लगाए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖