काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति भनेकै जनताको लागि भएको बताउनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित बढ्दो महँगी र उपभोक्ता हितको सवाल विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले जनताका अधिकार सुरक्षामा राजनीति केन्द्रित हुनु पर्ने बताउनु भयो । जो कमजोर छ सबैभन्दा बढी मर्का उसैलाई पर्ने भएकोले राज्य उसको संरक्षक हुनुपर्ने ओलीले बताउनुभयो ।
मानव जातिले सुख चाहने उहाँले बताउनुभयो । सबै प्रयासका निष्कर्ष सुख प्राप्तिसँग जोडिने ओलीले बताउनुभयो । त्यसैले एमालेले समृद्ध नेपालको परिकल्पना गरेको उहाँको भनाइ छ ।
नेपाल अहिले सबै हिसाबले भद्रगोल भएको बताउनुभयो । अहिले एयरपोर्टको मात्र कुरा भइरहेको बताउँदै ओलीले एयरपोर्ट जस्तो छ खासा, वीरगञ्ज, विराटनगर, भैरहवा सबै नाका त्यस्तै भएका ओलीको भनाइ छ । ‘संस्थागत रूपमा नै राज्य गैरजिम्मेवार छ, कार्यकारिणीको माथिल्लो तहदेखि नै यस प्रकारका काम भएका छन्’, ओलीले भन्नुभयो ।
भन्सारमा पक्राउ परेको साँढे नौ केजी सुन त्यतिकै हराएको ओलीले बताउनुभयो । कस कसका बाउ छोराका नाम जोडिएका भए पनि को प्रति लाञ्छना गर्ने कुरामा गठबन्धन लागेका ओलीले प्रष्ट पार्नुभयो । पशुपतिको सुनको कुरा एयरपोर्टबाट सुन उडाएको ओलीले बताउनुभयो । ‘ आकाशमा चिल तिर देखाउने, यतातिर कुखुरा उडाउने, यो तरिकाको काम सरकारबाट भइरहेको छ’, उहाँले भन्नुभयो ।
ओलीले सरकारसँग सुन गाल्ने एउटा मेसिन भएको देशका तस्करहरूसँग पाँचवटा मेसिन भएको पाइएको बताउनुभयो । एक क्विन्टल सुन भन्दै गरेकोमा गाल्दा ६१ केजी सुन मात्र भेटिएको ओलीले सुनाउनुभयो । अझ सुत गालेको भोलिपल्टबाट ६० केजी सुन भनेर लेखिने गरेको उहाँले बताउनुभयो ।
