• Monday 5th of October 2026

२ महिनामा काठमाण्डौ महानगरले १ अर्ब १७ करोड रुपैयाँभन्दा धेरै आम्दानी गर्‍याे


  • धनकुटा खबर
  • .

काठमाण्डाै – चालु आर्थिक वर्षको दुई महिनामा काठमाण्डौ महानगरपालिकाले एक अर्ब १७ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ ।

साउन र भदौमा गरेर एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ आम्दानी भएको काठमाण्डौ महानगरले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ करोड रुपैयाँभन्दा धेरै हो । गएको आर्थिक वर्षको साउन र भदौमा ९३ करोड ४१ लाख रुपैयाँ आम्दानी भएको छ ।

काठमाण्डौ महानगरको आम्दानीको सबैभन्दा ठूलो हिस्सा घरबहाल करको रहेको छ । दुई महिनामा घरबहाल बापत महानगरले ५२ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै २५ करोड ३१ लाख सम्पत्ति कर, नक्सा पास दस्तुर १४ करोड ३६ लाख, व्यवसाय रजिस्ट्रेशन दस्तुर १३ करोड ७७ लाख, पर्यटन शुल्क एक करोड ५५ लाख, सिफारिस दस्तुर एक करोड ३२ लाख र अन्य सेवा शुल्क शीर्षकमा पाँच करोड ९२ लाख रुपैयाँ आम्दानी भएको छ ।

महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖