• Monday 5th of October 2026

एकीकृत समाजवादीलाई गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई गठबन्धनबाट निकाल्ने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयाेजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनबाट एकीकृत समाजवादीलाई बाहिर निकाल्ने षडयन्त्र भइरहेको बताउनुभयाे । गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायि भूमिका निर्वाह गरेको दाबी गर्दै उहाँले अहिले गठबन्धनलाई कमजोर पार्ने खेल भइरहेकाे बताउनुभयाे ।

अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने अध्यक्ष नेपालले बताउनुभयाे । गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयाे । समाज रुपान्तरणको क्रममा बाधा हुनेहरुलाई पन्छाउदै अघि बढ्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयाे ।

मुलुक अन्त्यै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने उहाँकाे भनाइ थियाे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖