• Monday 5th of October 2026

सुनकोसी नदिको किनारमा एक पुरुषको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं : रामेछापको खाँडादेवी गाउँपालिका-१ स्थित सुनकोसी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ। खैरेनि पुल नजिकै सुनकोसी नदिको किनारमा सोमबार बेलुका ५०/५२ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी हवल्दार सन्तोष खड्काले जानकारी दिए।

प्रहरीले मुचुल्का गरेर शवलाई मन्थलीमा ल्याएको छ। शवलाई मन्थली अस्पतालको लास घरमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖