• Monday 5th of October 2026

इलाम पुगेर नेम्वाङका छोरा सुहाङले भने- बुबाका अधुरो काम पूरा गर्न पार्टीसँग हातेमालो गर्छु


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा सुहाङले बुबाको अधुरो काम पूरा गर्न आफू पार्टीसँग हातेमालो गर्न तयार रहेको बताएका छन् ।

इलाममा आयोजित शोकसभालाई सम्बोधन गर्दै आफू बुबासँग राजनीतिक परिवेशमा हुर्किए पनि राजनीतिमा सक्रिय नभएको बताए ।

उनले भने, ‘म राजनीतिक परिवेशमा हुर्किएको हुँ । तर, म कदापी ठान्दिनँ राजनीतिक परिवारमा हुर्कियो भन्दैमा उसैले अवसर पाउनुपर्छ । तर, राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि बुवाको सपना, पूरा गर्नुपर्ने कामहरू सामाजिक र कानूनी हिसाबले तपाईंहरूसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छु ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖