• Monday 5th of October 2026

संविधान दिवसमा एमालेको विशेष कार्यक्रम : राष्ट्रिय झण्डासँग सेल्फी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा विशेष कार्यक्रम गरेकाे छ ।

संविधान दिवसकाे अवसरमा एमालेले बुधबार बिहान काठमाडौंकाे नक्सालस्थित नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उहाँका पत्नी राधिका शाक्य, एमाले महासचिव शंकर पाेखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतले राष्ट्रिय झण्डासँग सेल्फी खिच्नुभएकाे थियाे ।

कार्यक्रममा उपस्थित भएका एमालेका नेता-कार्यकर्ता तथा आम सर्वसाधारणले पनि राष्ट्रिय झण्डासँग सेल्फी खिचेका थिए ।

असाेज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित हुने साे कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष ओलीले मंगलबार नै आह्वान गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖