• Monday 5th of October 2026

ओली – सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार गर्न हुँदैन


  • धनकुटा खबर
  • .

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन्।

बुधवार काठमाडौंको नक्शालको नारायण चौरमा पार्टीले आयोजना गरेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउन नहुने बताए।

अध्यक्ष ओलीले भने, ‘यो दिवस सम्पूर्ण नेपाली जनताहरुको मेची-महाकाली र प्रवास जहाँ भएपनि नेपाली जनताको मुलुकको साझा दिवस हो। देश र जनताका लागि जनताले जारी गरेको संविधान बनेको छ। सरकारलाई म भन्न चाहन्छु- सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउने, गलत क्रियाकलापलाई प्रोत्साहन गर्ने, बढावा दिने र सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरू गर्नु हुँदैन ।’

उनले संविधान दिवस सरकारी दिवस नभइ सरकार र नेपाली जनताको दिवस भएको उल्लेख गरे।

उनले संविधानको प्रभावकारी कार्यान्वनय गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने पनि बताए।

नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौं नक्शालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖