• Monday 5th of October 2026

नारायणचौरमा एमालेको संविधान उत्सव


  • धनकुटा खबर
  • .

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज असोज ३ गते (बुधबार) संविधान दिवसको अवसरमा काठमाडौंको नारायणचौरमा विशेष कार्यक्रम गरेको छ।

बुधबार बिहान ७ बजे नारायणचौरमा भएको विशेष कार्यक्रममा सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका छन्। यसअघि नै एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न आह्वान गरेका थिए।

अध्यक्ष ओलीले असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’सहित संविधान दिवस मनाउन आग्रह गरेका थिए। त्यहीअनुसार एमालेका नेता कार्यकर्ता, सर्वसाधारण र विद्यार्थीसहित सयौँजना नारायण चौरमा भेला भएका थिए।

बुधबार बिहानैदेखि नारायण चौरमा राष्ट्रिय झन्डासँग सेल्फी खिचाउनेहरुको भिड लागेको थियो। नारायणचौर परिसरमा राष्ट्रिय झण्डासँगै ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवसको शुभकामना दिए।
उनले अहिले राष्ट्रिय उपलब्धि समाप्त पार्ने खेल भइरहेको बताए। उनले विभाजनकारी तत्व र प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने र राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताए। ओली यसबाट सचेत र सजग हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖