• Tuesday 6th of October 2026

भोलिदेखि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण भोलिदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। आज संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। र भोलिदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएको बताए। जसले गर्दा सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने उनको भनाइ छ।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक विदामा पढाउने गरि व्यवस्था मिलाइएको बताए। ‘जति कार्यदिन बन्द हुन्छ । त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन्’ महासचिव सुवेदीले भने।

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आज पहिलो दिन ७० हजारको हाराहारी आन्दोलनकारी थिए। यो संख्या भोलि झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖