• Monday 5th of October 2026

उत्कृष्ट पुनरागमन गरेको लिभरपुलको युरोपा लिगमा विजयी सुरुआत


  • धनकुटा खबर
  • .

युरोपा लिग फुटबलको समूहगत चरणको खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण जित हात पारेको छ । लिभरपुलले बिहीबार राति खेलिएको खेलमा अस्ट्रियन क्लब लिन्जर एथलेटिक स्पोटै क्लब (एलएएसके) लाई ३—१ गोलले हराएको हो ।

खेलमा सुरुआती अग्रता भने एलएएसकेले लिएको थियो । खेल सुरु भएको १४औँ मिनेटमै एलएएसकेका लागि मिडफिल्डर फ्लोरिन फ्लिकरले पहिलो गोल गरेका थिए । सोही गोलका कारण खेलको पहिलो हाफमा एलएएसके अगाडि रह्यो ।

तर, खेलको दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ५६औँ मिनेटमा लिभरपुलका लागि डार्विन नुनेजले पहिलो गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । खेलको ६३औँ मिनेटमा लुइस डियाजले लिरभपुलका लागि दोस्रो गोल गरेका थिए ।

यसैगरी निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि लिभरपुलका लागि अनुभवी खेलाडी मोहमद सलाहले तेस्रो गोल थपेका थिए । समूह ‘ई’ मा पहिलो खेलबाटै तीन अंक हात पारेको लिभरपुल पहिलो स्थानमा आसिन छ ।

समूह ‘ए’ अन्तर्गतको खेलमा वेस्ट हाम युनाइटेडले टीएससी बाका टोपोलाई ३—१ गोलले हरायो । फ्रिबर्गले भने ओलम्यिाकसलाई ३—२ गोलले हरायो । अंक तालिकामा वेस्ट हाम पहिलो र फ्रिबर्ग दोस्रो स्थानमा आसिन छन् ।

समूह ‘बी’ अन्तर्गतको खेलमा आयाक्स र मार्सिल्लेले ३—३ गोलको बराबरी खेल्दै अंक बाँडे । अर्को खेलमा एईके एथेन्सले ब्राइटनलाई ३—२ गोलको पराजित गर्‍यो । एईके एथेन्स तीन अंकसहित पहिलो, मार्सिल्ले एक अंकसहित दोस्रो र आयाक्स एक अंकसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖