• Tuesday 6th of October 2026

सरकारले बोलायो सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल गर्न बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं । सुन प्रकरणबारे छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई बैठक बोलाएको छ।

यसअघि भएको सहमतिअनुसार पाँच बजे बस्ने बैठकमा आयोग गठनको लागि कार्यदल बनाउनेबारे छलफल हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए।

अहिले उपप्रधान तथा गृहमन्त्री नाराकायणकाजी श्रेष्ठ आन्दोलनरत शिक्षकहरुसँग वार्तामा छन्। यो वार्तापछि आयोग गठनबारे छलफल गर्नको लागि प्रमुख दलका नेताहरुबीच बैठक बस्ने तयारी छ।

यसअघि प्रमुख दलहरुबीच सुन प्रकरणमा सीआईबीको अनुसन्धानपछि आजैबाट आयोग गठन प्रक्रिया थाल्ने सहमति भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖