• Tuesday 6th of October 2026

अझै हुन सकेन सहमति,शिक्षक र सरकारबीच वार्ता जारी


  • धनकुटा खबर
  • .

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता अझै नी जारी छ। बिहानदेखि सुरु भएको वार्ता सहमतिमा पुग्न सकेको छैन्।

शिक्षकहरुको मागहरु सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी छलफल भइरहेको छ। तर वार्ताको भने निष्कर्ष निस्कन सकेको छैन्।

यता कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन्।

विद्यालय शिक्षा सम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौ केन्द्रित विरोध गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖