• Tuesday 6th of October 2026

सरकार र महासंघबीचको सहमतिप्रति राहत शिक्षकको असन्तुष्टि, आन्दोलन जारी राख्ने चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । आन्दोलनरत शिक्षकहरुको तर्फबाट शिक्षक महासंघ र सरकारबीच भएको सहमतिलाई लिएर राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन् ।

आफूहरुको माग सहमतिमा नसमेटिएको भन्दै उनीहरुले आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । सहमतिमा आफ्ना मागहरु नसमेटिने भएपछि राहत शिक्षकका प्रतिनिधि बैठक छोडेर बाहिरिएका थिए ।

राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन पर्ने आफूहरुको माग भएपनि सहमतिमा ४५ हजार शिक्षकको माग बेवास्ता गरिएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖