• Tuesday 6th of October 2026

क्यान निर्वाचन : अध्यक्षमा विनयको उमेदवारी फिर्ता, चन्द सर्वसम्मत !


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा उमेदवारी घोषणा गरेका विनय राजभण्डारीले उमेदवारी फिर्ता लिएका छन् ।

बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष विनयले निर्वाचनको केही घण्टा अघिमात्र उमेदवारी फिर्ता लिएका हुन् ।

उनले वर्तमान अध्यक्ष तथा अध्यक्ष पदका अर्का उमेदवार चतुरबहादुर चन्दसँग रहेको असमझदारीमा सहमति बनेपछि आफूले नाम फिर्ता लिएको बताए । विनयले उमेदवारी फिर्ता लिएपछि क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित हुने देखिएको छ । यद्यपि, अहिले निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ ।

यसअघि विनयले शुक्रबार चन्द नेत्तृत्वको चार वर्षे कार्यकाल असफल भएकाले आफूले उमेदवारी दिएको बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖