• Tuesday 6th of October 2026

माधव नेपाल भन्छन्– अनुहार नै देख्न नचाहनेसँग एकताको गीत गाएर हिँड्नुको अर्थ छैन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । शनिबार काठमाडौंमा समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन विचार मिल्नेहरूको समाजवादी मोर्चा बनाए पनि अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका हुन् ।

आफ्नो पार्टीको अस्तित्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृतिसँग एकताको गीत गाएर हिँड्नुको कुनै अर्थ नरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने बताए ।

उनले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफूहरूले विद्रोह गर्नुपरेको स्मरण गरे ।

अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बारिहिने कुरा पार्टीलाई सिद्धाउने कुरा मात्रै रहेको र कांग्रेसलाई चिड्याएर मुलुक निर्माणको सिंगो अभियानलाई धरासायी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पारे ।

उनले राजनीतिक व्यवस्थाको परिवर्तनसँगै जनताको अवस्थामा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनको कुनै अर्थ नरहने बताए । अध्यक्ष नेपालले जनताको हक अधिकार संविधानको पानामा मात्रै लेखेर नहुने भन्दै त्यसमा रहेका विषयलाई कार्यान्वयन गर्न चुनौती रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖