• Tuesday 6th of October 2026

सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन : योगेश भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मुलुकको शैक्षिक क्षेत्रको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।

मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि गठबन्धन सरकारले यसको विकासका लागि लगानीको वातावरण नबनाएकोसमेत आरोप लगाएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले मुलुकलाई सबल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन ।

शिक्षामा लगानी वार्षिक रूपमा घट्दै गएको भन्दै सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको थाल्नु पर्नेमा जोड गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖