• Monday 5th of October 2026

दुई केन्द्रीय सदस्यको बराबर भोट आएपछि …


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ । एक सचिव र १० केन्द्रीय सदस्यकालागि आज चुनाव भएको थियो ।

केन्द्रीय सदस्यको छनोट भने गोला प्रथाबाट गर्नुपर्‍यो । मधेश प्रदेशबाट उठेका दुई उम्मेदवार र खुल्लामा उठेका दुई उम्मेदवारको बराबर भोट आएपछि गोला प्रथाबाट निर्णय लिइएको हो ।

मधेसमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीले बराबर ४२/४२ भोट ल्याएका थिए । उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए ।

यसै गरी खुल्ला केन्द्रीय सदस्यको पाँचौं स्थानमा ऋषिराम गौतम र करन महत्रा क्षेत्रीको बराबर २६/२६ मत आएको थियो । उनीहरूमध्ये गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖