• Tuesday 6th of October 2026

नव निर्वाचित क्यान पदाधिकारीलाई रवि लामिछानेले यसरी दिए बधाई


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा सांसद रवि लामिछानेले नव निर्वाचित क्यान पदाधिकारीलाई बधाई दिएका छन् ।

बधाई दिंदै रविले लेखेका छन् :

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना । धेरै आशा गरिएको नेपाली क्रिकेटको विकासको अभिभारा अब तपाईँहरूको हातमा छ ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का क्यानको सचिव पदमा निर्वाचित हुनुले केही धेरै आशा जगाएको छ । हामीलाई आशा छ, क्यानले विगतका कमी कमजोरीहरूलाई सच्चाएर आफूलाई एउटा विशुद्ध प्रोफेसनल संस्थाको रूपमा अगाडि बढाउने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖