• Tuesday 6th of October 2026

गृहमन्त्रीको आक्रोशः मन्त्री भएकै कारण उठ,आइज, तँ कहाँ हो भन्ने हुन्छ र!


  • धनकुटा खबर
  • .

काठमाडौं,७ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई असम्बन्धित विषयमा छलफल गर्न बोलाएको भन्दै संसदीय समितिमा आक्रोश पोखेका छन् । आइतबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैकमा बोल्दै मन्त्री श्रेष्ठले आक्रोश पोखेका हुन् ।

आइतबार समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न मन्त्री श्रेष्ठलाई बोलाएको थियो । उक्त विधेयक संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको थियो । अर्को निकायले पेश गरेको विधेयकमाथि छलफलका लागि अनावश्यक रुपमा आफूलाई बोलाएको भन्दै श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘सभापतिजीले तपाईँ नआइकन बैठक नै चल्न दिन्न भन्नुभयो भनेर के भन्नुभयो’, सदासयता देखाएर मात्र आफू आएको भन्दै गृहमन्त्री श्रेष्ठले भने, ‘म संसदलाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मुल्य मान्यता, त पनि त हुँदो हो नि ! हामी पद्दतीमा चल्नु पर्‍यो ।’

उनले आएको बेलामा सबै विषयमा प्रश्न राख्ने भने संसदमा जस्तै प्रश्नउत्तर राख्न सुझाए । ‘म आएको बेलामा सधैं यसरी प्रश्न गर्ने हो भने संसदमा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर राखिदिनुहोस् न समितिमा पनि । म आइहाल्छु नि’ उनले भने, ‘मन्त्री भएका कारण उठ, आइज, तँ कहाँ हो भन्ने हुन्छ र !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖