• Tuesday 6th of October 2026

टोपबहादर रायमाझीको बचाउ गर्दै ओलीको प्रश्न : उहाँको दोष के हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता टोपबहादुर रायमाझीको बचाउ गरेका छन् । उनले रायमाझीलाई प्रतिशोध साँधेको टिप्पणी गरे । हिजो (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनमा प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा ओलीले रायमाझीको बचाउ गरेका हुन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री टोपबहादुर रायमाझीले माओवादी छाडेर एमालेमा लागेको कारण उनीमाथि प्रतिशोध साँधिएको आरोप लगाए ।

कुराकानीको क्रममा ओलीको प्रश्न थियो–‘टोपबहादुर रायमाझीको दोष के हो रु हेलिकोप्टरमा फोटो खिच्दैमा दोषी हुन्छ रु त्यसो हो भने त मसँग दिनमा एक सयदेखि दुई सय जनाले फोटो खिच्छन् । कार्यक्रममा फोटो खिच्छन् ।

फोटो खिच्ने मान्छेले गोदान गर्‍यो भने त्यसको पुण्य मैले पाउने हो रु उसले बदमासी गरे म दोषी हुन्छु रु यो त टोपबहादुर रायमाझीले हिजो पार्टी छाडेकाले प्रतिशोध लिन गरिएको हो । नत्र साढे ९ किलो सुन प्रकरणमा २५४ पटक फोन गर्नेलाई बयान समेत नलिने सरकारले फोटो खिचेको आधारमा थुन्ने रु सरकारको आलोचना गरेका कारण कांग्रेसको सांसद सुनिल शर्मालाई थुन्ने सरकारले क्वीन्टल सुन बोक्ने माओवादी नेताहरूलाई बयानसमेत लिएन ।’

सो क्रममा ओलीले नेकपा (माओवादी केन्द्र) भित्र दमन रहेको टिप्पणी गरे । उनले भने,‘माओवादीमा त दमन छ नि । प्रचण्डले के बनाएको छ भने प्रचण्ड नै माओवादी हो । माओवादी भनेको नै प्रचण्ड हो । प्रचण्ड जहाँ छन्, पार्टी त्यहाँ छ । अरु जोसुकै जेसुकै होस । कसैले त्यहाँ शीर उठाएर होईन, आँखा जुधाएर होईन । आँखा झुकाएर र टाउको निहुराएर कसैले प्रचण्डसँग बोल्न सक्दैन् । बोल्ने आँट गर्दैन् ।

त्यसरी दमन गरेर राखेका छन् । नत्रभने भित्तामा टसाँईदिन्छु भन्ने भनाई छ नि।’ उनले प्रचण्डको नेतृत्वको देशलाई फलिफाप नभएको दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖