• Monday 5th of October 2026

मंगोलियाविरुद्ध रोहितले कप्तानी डेब्यु गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले मंगोलियाविरुद्धको खेलमा टी-ट्वान्टी आईमा कप्तानको रुपमा डेब्यु गर्दै छन् ।

रोहितले गत वर्षको कार्तिक २९ मा युएईविरुद्धको खेलमा कप्तानको रुपमा डेब्यु गरेका थिए ।

उनले राष्ट्रिय टोलीको कप्तानको जिम्वेवारी पाए पश्चात नेपालले पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दैछ ।

रोहितले २९ ओडिआई खेलमा कप्तानी गरे पश्चात टी-ट्वान्टी आईमा कप्तानीको अवसर पाउँदै छन् ।

२०१४ मा नेपालले पहिलो टी-ट्वान्टी आई खेलेको थियो । हालसम्म नेपालका लागि तीन खेलाडीले टी-ट्वान्टी आईमा कप्तानी गरेका छन् ।

पारस खड्काले सर्वाधिक २७ खेलमा कप्तानी गर्दा उनको कप्तानीमा नेपालले ४२ दशमलब ३ प्रतिशत खेल जितेको छ ।

सन्दीप लामिछानेले १८ खेलमा कप्तानी गर्दा ७२ दशमलब २२ प्रतिशत खेल जिताएका छन् ।

ज्ञानेन्द्र मल्लले १२ खेलमा कप्तानी गर्दा ७५ प्रतिशत खेलमा जित दिलाएका छन् ।

रोहितले २१ टी-ट्वान्टी आई खेलमा ३ सय ७६ रन बनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖