• Tuesday 6th of October 2026

राष्ट्रपति पौडेल आज जनकपुर जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शन एवं जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटनका लागि जनकपुरधाम जाने भएका छन् ।

राष्ट्रपति पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरिएको छ । आज दिउँसो १ बजे सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहने छ । २०५७ साल शिलान्यास भएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖