• Tuesday 6th of October 2026

एमाले वाग्मती प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको प्रथम वाग्मती प्रदेश अधिवेशन आजदेखि काठमाडाैंमा सुरु हुँदैछ ।

अधिवेशनकाे पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्नुहुने कार्यक्रम रहेकाे एमाले वाग्मतीले जनाएकाे छ ।

एमाले वाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डेका अनुसार उद्घाटनको दिन आज काठमाडौंका विभिन्न ५ ठाउँबाट जुलुस निकालिनेछ ।

अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अधिवेशनमा प्रदेशभरबाट १ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले २ सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन भाेलिसम्म चल्नेछ ।

एमाले सातै प्रदेशमा अधिवेशन गर्दैछ । एमालेले यसअघि लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न गरिसकेकाे छ । अधिवेशनले राधाकृष्ण कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖