काठमाडौं । केलियन एमबाप्पेले चोट बोकेको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वान फुटबलमा सहज जित निकालेको छ ।
आईतबार राति घरेलु मैदानमा पीएसजीले मार्सेलीमाथि ४–० को जित निकालेको हो ।
एमबाप्पेले घुँडामा चोट बोकेका छन् । चोटका कारण अक्टोबर ४ मा च्याम्पियन्स लिगमा न्युक्यासलविरुद्ध खेलमा उनी उत्रने सम्भावना कमजोर बनेको छ ।
पीएसजीको जितमा आर्चफ हाकिमी र रान्डल कोलो मुआनीले एक एक तथा गोन्कालो रामोसले दुई गोल गरेका थिए ।
जित सहित पीएसजी लिग वानमा शीर्ष स्थानको ब्रेस्ट भन्दा दुई अंकले पछि परेको छ ।
लुइस एनरिकेको टिमले लिग वानको अघिल्लो खेलमा घरमै नाइससँग ३–२ ले पराजित बनेको थियो । पीएसजीसँग हारेका मार्सेली ९ अंक सहित तालिकाको सातौं स्थानमा छ ।
