• Tuesday 6th of October 2026

गृहमन्त्री श्रेष्ठ – एकता र सद्भावसहित अघि बढनुपर्छ


  • धनकुटा खबर
  • .

८ असोज, विराटनगर । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता र सद्भावसहित अघि बढ्नुपर्ने बताएका छन् । विराटनगरमा आयोजित सुरक्षा सम्बन्धि समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सामाजिक सद्भाव र एकता कायम गर्दै अघि बढ्नु पर्ने बताएका हुन् ।

उनले कोशी प्रदेशमा सामाजिक सद्भाव र एकताभित्र सबैको अधिकार पनि सुनिश्चित गर्नुपर्ने बताए । राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सुरक्षा र आन्तरिक एकताका विषयमा दलहरूबीच राष्ट्रिय सहमति आवश्यक भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले प्रदेशमा देखिएको पहिचानको मुद्दालाई केन्द्रीय स्तरबाट सम्बोधन हुनुपर्ने बताए ।

प्रदेशमा पहिचानको आन्दोलनसँगै गो बधको विषय पनि उठेको बताउदै उनले यस्ता समस्यालाई नजरअन्दाज गर्न नमिल्ने बताए ।गो बधको संवेदनशील विषय तत्कालका लागि साम्य भएपनि बल्झिने जोखिम भएकाले सुरक्षा निकाय चनाखो हुनुपर्ने बताए । उनले भने,’केन्द्रबाट समन्वय गरेर प्रदेशको समस्या सामधानका लागि पहल गरिदिनु पर्छ ।’

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सचिव गणेश उप्रेतीले प्रदेशको नाम राखेपछि प्रदेश असान्त भएको बताए । अहिलेको अवस्था सामधानका लागि केन्द्रीय स्तरबाट पहल आवश्यक रहेको बताउँदै उनले संघिय विभिन्न बाहानामा संघीय व्यवस्था माथि नै प्रहार भएको बताए ।

रास्वपा प्रदेश अध्यक्ष राजेश तिम्सिनाले प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले विभिन्न समस्या देखिएको बताए । जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षबाट दमन भएको बताए । राजनीतिक मुद्दाको सामधान सम्वादबाट हुने बताउँदै उनले वार्ता गर्नु पर्ने बताए ।

नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश अध्यक्ष बलदेव चौधरीले नाम राखेपछि प्रदेशमा आवाज उठेको बताए । सबै पक्षले विन-विन अवस्था सृजना गर्न नामको विषयमा पुन: सोच्नु पर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖