• Tuesday 6th of October 2026

ज्यादती गरेको भन्दै बालेनप्रति ओलीको टिप्पणी– ‘दम्भले मान्छेलाई बिगार्छ’


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ सय २५ घण्टादेखि उभिएर सत्याग्रह गरेका अभियन्ता ‘ई’का सम्बन्धमा काठमाडौंका मेयर बालेन शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

शहर सफा राख्ने कुरा ठीकै भए पनि मान्छेलाई रुवाएर खेद्ने कुरा मञ्जुर नभएको उनको भनाइ थियो ।
नेकपा एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले ईको आवाज सरकारले नसुनेकोमा पनि आपत्ति जनाए ।

‘एकजना युवा १२५ घण्टादेखि उभिएर सत्याग्रह गरिरहेको छ, माग के हुन् ? सरकार पुग्यो त्यहाँ ? सरकारले सोध्यो ? एकजना (बालेन साह) ले त तिनका नेता खोज्दै जानुपर्ने भनेर अभिव्यक्ति दिएको सुनियो । दम्भले मान्छेलाई बिगार्छ, घमण्डले मान्छेलाई बिगार्छ,’ बालेनको नाम नलिई ओलीले भने ।

पूर्वप्रधानमन्त्री ओलीले काठमाडौंको नगर प्रहरीले नागरिकमाथि ज्यादती गरेको आरोप लगाए । ‘म टिभीमा हेर्छु, नगरप्रहरीले नागरिकमाथि ज्यादती गरेको छ, त्यो युवाले ज्यादती अन्त्य गर भनेको छ । गरीबहरूलाई विकल्प दिऊँ, बिहान ५ देखि ८ बजेसम्म, साँझ ६ देखि ८ बजेसम्म दिऔँ, मान्छेलाई रुवाएर हुँदैन,’ ओलीले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖