• Monday 5th of October 2026

हिटबाटै बाहिर भइन् पौडीमा अनुसिया तण्डुकार


  • धनकुटा खबर
  • .

हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत मंगलबार भएको पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी छन् ।

हाङझाउ स्पोर्ट्स सेन्टरस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा तण्डुकार आफ्नो हिटमा तेस्रो भएकी थिइन् । हिट १ मा प्रतिस्पर्धा गरेकी अनुसियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेण्डमा पूरा गरे पनि अगाडि बढ्न सकिनन् ।

यस स्पर्धामा कुल ३० खेलाडीले प्रतिस्पर्धा गरेकोमा अनुसिया २५औं स्थानमा रहिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖