• Monday 5th of October 2026

चीन जान विमानस्थल पुगे सन्दीप


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्समा सहभागिता जनाउन चीनतर्फ जाँदैछन् । साढे १२ बजे उनको फ्लाइट रहेको छ । त्यसका लागि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिएका थिए ।

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖