• Monday 5th of October 2026

विश्वकप क्रिकेटका लागि श्रीलंकाली टोलीको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि श्रीलंकाली टोलीको घोषणा गरिएको छ । श्रीलंका क्रिकेट (एसएलसी) ले मंगलबार दसुन सानकाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

एकदिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । आफ्नो टोलीमा युवा र अनुभवी खेलाडीको समिश्रण रहेको श्रीलंकाली क्रिकेटले जनाएको छ ।

विश्वकपका लागि घोषित श्रीलंकाली टोलीमा दसुन सानका (कप्तान), कुसल मेन्डिस (विकेटकिपर तथा उपकप्तान), पाथुम निसानका, कुशल जनिथ, दिमुथ करुणारत्ना, चरिथ असालंका, धनन्जया डा सिल्भा, सदिरा सामराबिक्रमा, दुनिथ वेल्लालागे, कसुन रजिथा, मथिसा पाथिराना, लाहिरु कुमारा, वानिन्दु हसारंगा, महिस थिकसना र दिल्सान मधुसानका रहेका छन् ।

आगामी विश्वकपका लागि हालसम्म नौवटा राष्ट्रले टोलीको घोषणा गरिसकेका छन् । अब बंगलादेशले मात्र टोलीको घोषणा गर्न बाँकी छ । यसअघि घोषित पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), सदाब खान, फाखर जामन, इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखार अहमद, सलमान अली अघा, मोहम्मद नवाज, उसमा मिर, ह्यारिस रउफ, हसन अली, साहिन शाह अफरिदी र मोहम्मद वसिम रहेका छन् ।

इङ्ल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली, गस एट्किन्सन, जोनी बेयरस्ट, ह्यारी ब्रुक, साम कुर्रान, लियाम लिभिङ्स्टोन, डेविड मलान, अदिल रसिद, जोए रुट, बेन स्टोक्स, रिसे टपली, डेभिड विली, मार्क उड र क्रिस वाक्स रहेका छन् ।

अफगानिस्तानको टोलीमा हसमतुल्लाह साहिदी (कप्तान), इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज, रहमत शाह, रियाज हसन, नजिबुल्लाह जदरान, मोहम्मद नाबी, इकरम अलिखिल, अजमतुल्लाह ओमरजाई, रसिद खान, अब्दुल रहमान, नुर अहमद, मजिब उर रहमान, फजालहक फारुकी र नविन उल हक रहेका छन् ।

यसैगरी न्युजिल्यान्डको टोलीमा केन विलियम्सन (कप्तान), मार्क च्यापम्यान, डेभोन कोनवे, ट्रेन्ट बोल्ट, म्याट हेनरी, टम लाथम, लोकी फर्गुसन, जेम्स निसाम, ग्लेन फिलिप्स, ड्यारल मिचेल, मिचेल सान्टनर, इश सोढी, राचिन रविभन्द्र, टिम साउथी र विल योङ रहेका छन् ।

यसैगरी अस्ट्रेलियाको टोलीमा प्याट कुमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जस इनग्लिस, सिन एबोट, एस्टन अगार, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कुस स्टाइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।

यसैगरी दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, सिसान्डा मागाला, केशव महाराज, आइडेन मारक्रम, डेभिड मिल्लर, लुङ्गी एनगिडी, एनरिच नोर्टेज, कासिगो राबाडा र टाबरिज सामसी, रासी भान डेर डुसान रहेका छन् ।

यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया (उपकप्तान), सूर्यकुमार यादब, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादब रहेका छन् ।

यसैगरी नेदरल्यान्ड्सको टोलीमा स्कट एडवार्डस (कप्तान), कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖