• Tuesday 6th of October 2026

सभागृहमा वार्ता जारी, बाहिर ई:को आन्दोलनमा ऐक्यबद्धता जनाउन आए सडक व्यवसायी


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच वार्ता जारी छ।

महानगरले बनाएको वार्ता टोली र ई: का प्रतिनिधिबीच मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा वार्ता भइरहेको छ।

वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई: का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी छन्।
भित्र वार्ता चलिरहँदा राष्ट्रिय सभागृह बाहिर भने सडक व्यवसायीहरू ऐक्यबद्धता जनाउन आएका छन्।

उनीहरू ई: सँगै बसिरहेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ई ‘सौम्य विद्रोह’ थालेका हुन्।

उपमेयर डंगोलले मंगलबार बिहान ई: लगायतसँग भेटेर कुराकानी गरेकी थिइन्।-नवीनबाबु गुरूङ/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖