• Monday 5th of October 2026

अक्षर, शुभमन र शार्दुलले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय गुमाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतका अक्षर पटेल, शुभमन गिल र शार्दुल ठाकुरले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेट गुमाउने भएका छन् ।

एसिया कपमा घाइते भएका अक्षरले पहिलो र दोस्रो एक दिवसीय पनि खेलेका थिएनन् । उनले चोटमुक्त भएमा अन्तिम एक दिवसीय खेल्न सक्ने भनिएको थियो ।

शुभमन र शार्दुलले भने यसअघिका दुवै एक दिवसीय खेलेका थिए ।

पहिलो र दोस्रो एक दिवसीय नखेलेका कप्तान रोहित शर्मा र विराट कोहली भने टिममा फर्केका छन् ।

भारत र अष्ट्रेलियाबीचको तेस्रो एक दिवसीय बुधबार राजकोटमा हुने छ ।

३ खेलको एक दिवसीय शृंखला घरेलु टोली भारतले २-० ले आफ्नो पक्षमा पारिसकेको छ । अष्ट्रेलियासँगको पहिलो एक दिवसीय जितेसँगै भारत विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

भारतले र अष्ट्रेलियानले नोभेम्बर २३ बाट ५ म्याचको टी-२० आई शृंखला खेल्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖