एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना अल नासरले ओहोदविरुद्ध फराकिलो जित हात पारेको छ ।
सोमबार राति भएको किङ्स कप अन्तिम १६ को खेलमा अल नासरले ओहोदलाई ५–१ गोल अन्तरले स्तब्ध पारेको हो ।
नासरको जितमा साडिओ माने, सेको फोनाना, एन्डरसन टालिस्का, एमन अहमेद र समी अल नाजेइले समान एक-एक गोल गरे । ओहोदका लागि कोनराद मिचालकले एक गोल फर्काए ।
कमजोर मानिएको प्रतिद्वन्द्वीविरुद्ध प्रशिक्षक लुइस कास्ट्रोले रोनाल्डोलाई विश्राम दिएका थिए ।
अर्को खेलमा अल हिलालले अल जाबालाइनविरुद्ध १–० को कठिन जित हात पारेको छ । अल हिलालले पनि नेयमारलाई विश्राम दिएको थियो । अल हिलालको जितमा रुवेन नेभसले निर्णायक गोल गरेका थिए ।
