• Tuesday 6th of October 2026

बलात्कारको आरोपबाट श्रीलंकन ब्याटरले पाए सफाइ


  • धनकुटा खबर
  • .

११ असोज, काठमाडौं । श्रीलंकन ब्याटर दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् ।
बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको फैसला सुनाउँदा ३२ वर्षका दनुस्का पनि उपस्थित थिए । अब उनी खेलमा फर्किन चाहन्छन् ।

टिन्डर डेटमार्फत चिनजान भएका दनुस्काले नोभेम्बरमा आफ्नो घरमा आफूलाई बलात्कार गरेको महिलाको दाबी थियो । उनले थुप्रै अभियोग लगाएकी थिइन्, तर सहमति बिना कण्डम हटाएको आरोपमाथि मात्र छानबिन भएको थियो ।

चार दिनसम्म चलेको सुनुवाइका क्रममा उजुरीकर्ता महिलाको दाबी थियो, सुरक्षित यौन सम्बन्धका लागि मात्र सहमति दिइएको थियो । दनुस्काले कन्डम हटाएको देखिनन्, यौनसम्बन्ध राखिसकेपछि मात्र थाहा पाइन् । ती महिलाले दनुस्कामाथि जबरजस्ती चुम्बन गरेको र कयौं पटक जोडले दबाएका कारण खतरा महसुस गरेको दाबी गरेकी थिइन् ।

दनुस्काले भने आरोप इन्कार गरे । उनको वकिलले उजुरीकर्ता महिलाले झुट बोलेको र समयसँगै बयान बदलेको दाबी गरे ।
न्यायाधीश रारा हगेटले दनुस्काले प्रहरीलाई दिएको बयान सही भएको निष्कर्ष सुनाइन्, जहाँ दनुस्काले यौन सम्बन्धको क्रममा कण्डम नहटाएको जिकिर गरेका थिए ।

प्रहरीले सोधेको हरेक प्रश्नको जवाफ दिएको र त्यसमा सत्य बोल्ने कोसिस गरेको देखिएको भन्दै अदालतले भनेको छ, ‘उनले जे भनेका छन्, त्यसलाई अस्वीकार गर्ने वा अविश्वास गर्नुपर्ने कारण छैन ।’

अर्कोतर्फ उजुरीकर्ताले प्रहरीलाई दिएको बयान फरक फरक रहेको र के भएको थियो भन्ने प्रष्ट पनि नरहेको अदालतको ठहर छ ।

अदालतबाट बाहिरिने क्रममा दनुस्काले अदालतले सबै बोलेको र आफ्नो प्रतिष्ठा बहाल भएको बताए । ८ टेष्टसहित १०० भन्दा बढी म्याच खेलिसकेका दनुस्का यौन उत्पीडनको आरोपमा पक्राउ परेपछि निलम्बनमा परेका थिए । ‘मेरो जीवन सामाज्य भएको छ, यसैले म खुसी छु’ अब क्रिकेट खेलमा फर्किने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖