• Tuesday 6th of October 2026

इन्द्र जात्रा हेर्न बसन्तपुर पुगे मेयर बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं । वशन्तपुर आज इन्द्रजात्रा हेर्ने दर्शकले भरिएको छ ।

यहाँ मानिसहरूको खचाखच उपस्थिती छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा मनाइँदैछ ।

जात्रा हेर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गरिबी निवारण तथा सहकारीमन्त्री रन्जिता श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह लगायत उच्च अधिकारी हनुमानढोका पुगिसकेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि वशन्तपुर पुगेका छन् । केही बेरमा कुमारीको रथारोहन हुनेछ । हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी लगायतको रथको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖