• Tuesday 6th of October 2026

एकै पटक नेपाल प्रहरीका १५१३ असईको सरुवा


  • धनकुटा खबर
  • .

वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । मंगलबार प्रधान कार्यालयले १ हजार ५१३ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयको मावनश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाका अनुसार तलब भत्तासमेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको छ ।

‘आवश्यकता अनुसार सरुवा गर्नु पर्ने भएकोले प्रचलित नियमानुसार तलब भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी निम्न दरबन्दीका प्रहरी सहायक निरीक्षकहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक ब्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ ।

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖