• Monday 5th of October 2026

विमल पनि अस्ट्रेलिया तर्फ लागे


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया गएका छन् ।

एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् । एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए।

उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए। सन् २०१५ मा नेपालले विमलको कप्तानीमा पहिलो यु १९ साफ च्याम्पियनसिप जितेको थियो। भारतलाई हराउँदै नेपाली उपाधि जितेको थियो।

पछिल्लो २ वर्षमा राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका सहित ५० भन्दा बढी फुटबल खेलाडी सुखद भविष्यको आशामा अस्ट्रेलिया पुगेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖