• Monday 5th of October 2026

एसियाली खेलकुद : पब्जीबाहेक अरू खेलमा नेपालको हार


  • धनकुटा खबर
  • .

हाङझाउ एसियाली खेलकुदमा शुक्रबार नेपालले इस्पोर्ट्स बाहेक अरु खेलमा हार बेहोरेको छ। साँझका खेल सकिनुअघि नेपालले पब्जी मोबाइलमा सेमिफाइनलमा स्थान पक्का गर्‍यो।

बक्सिङमा नेपालकी चन्द्रकला थापा महिला ५७ केजीमा थाइल्यान्डकी खेलाडीसँग ५-० ले पराजित भइन्।

महिला थ्री बाइ थ्री बास्केटलमा नेपालले सबै खेलमा हार बेहोर्ने क्रममा शुक्रबार चाइनिज ताइपेईसँग २२-२ को हार बेहोर्‍यो।
पौडीको चार सय मिटर फ्रिस्टायलमा नेपालका नासिर हुसेन हिट चरणबाटै बाहिरिए।

महिला ह्यान्डबलमा नेपाललाई हङकङले २७-१८ ले पराजित गर्‍यो।

ट्रायथलनमा नेपालका मौलिक महर्जन पनि सफल हुन सकेनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖