• Wednesday 7th of October 2026

कोशीमा पनि ओलीको जोड : पहिले सर्वसम्मत नेतृत्व, नभए चुनावी प्रतिस्पर्धा


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्माी ओलीले पार्टीको कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमतिबाटै तय गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

शुक्रबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको उद्घाटनका क्रममा उनले सकेसम्म सर्वसम्मत बाटोबाट नेतृत्व चयन गर्न सुझाएका हुन्।

समृद्ध नेपाल निर्माणको बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न घेराबन्दी भइरहेको बताएका उनले अहिलेको आवश्वयकता एकता भएकोमा जोड दिए।

एमाले मिसन-२०८४ अभियानलाई अर्थपूर्ण वर्षका रूपमा मनाउने कार्यमा जुटेको बताउँदै उनले अरूले फैलाएको भ्रमको पछि नलाग्न के गर्ने भन्ने स्पष्ट हुन कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।

ओलीले एमालेविरुद्ध सञ्चारमाध्यमहरु पनि योजना अघि बढेको आरोप उनले लगाए ।

‘हामीलाई अहिले कसै गर्दा पनि धर छैन, चुनाव भए एमालेमा केपी ओलीको कुरा सुन्न छाडे भनेर समाचार आउँछन्। चुनाव नभए एमालेमा निरंकुशता लादियो भन्छन्’, उनले अगाडि भने।

ओलीले नेतृत्वको मूल्याकंन कस्तो छ, त्यसको इसारा बुझेर नेतृत्व छान्न कार्यकर्तालाई सुझाएका छन्। समहति नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने बाटो पनि खुल्ला रहेको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖