• Tuesday 6th of October 2026

अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश


  • धनकुटा खबर
  • .

उच्च अदालत पाटनले अरनिको यातायात प्राइभेट लिमिटेडले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ।

शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता प्रेम खड्काले जानकारी दिए।

‘अहिले उक्त बसपार्क नभत्काउन आदेश दिइएको हो,’ उनले भने।
यस्तै, आगामी पेशी २१ गतेलाई तोकिएको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖