• Sunday 4th of October 2026

यसरी ठगी आरोपमा पक्राउ परेका रहेछन् अभिनेता अनमोल केसी


  • धनकुटा खबर
  • .

काठमाडौँ — अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई केहीबेरअघि काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीका छोरा हुन् । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका एक प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्त्रानको लागि केसीलाई पक्राउ गरिएको ती प्रहरीले बताए । केसी मिनभवनस्थित कार्यालयको नियन्त्रणमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖