• Monday 5th of October 2026

नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरियो


  • धनकुटा खबर
  • .

हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ।

आज बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो।

नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शनिबार खेलेका थिए।

यो समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भए। नेपाल तेस्रो हुँदा जापानलाई पछि पार्न सफल भयो।

यसअघि हिजो भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको थियो।

नेपालले अन्तिम आठको खेलमा हङकङ, प्लेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको थियो। जसमा हङकङ शीर्ष स्थानमा रहदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पारेको थियो।

यससँगै अब नेपालको इस्पोर्ट्समा डोटामा मात्र प्रतिस्पर्धा बाँकी छ। डोटामा आज नेपालले किर्गिस्तानसँग क्वार्टरफाइनलको खेलमा प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖