• Monday 5th of October 2026

क्रिकेट विश्वकप २०२३ को लागि घोषणा गरिएको भारतीय टोलीमा परिवर्तन


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेट विश्वकप २०२३ का लागि घोषणा गरिएको भारतीय टोलीमा परिवर्तन गरिएको छ । आईसीसीले यो जानकारी दिएको हो ।

एसिया कपका क्रममा अलराउन्डर अक्षर पटेल घाइते भएकाले समयमै निको हुन सकेनन् । अब उनको स्थानमा बलर रविचन्द्रन अश्विनलाई टोलीमा स्थान दिइएको छ ।

भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद शामी, ईशान किशन, सूर्यकुमार यादव र आर अश्विन समावेश छन्।

अक्टोबर ५ देखि सुरु हुन लागेको यस प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नईमा खेल्नेछ ।

४६ दिनसम्म चल्ने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ । यी स्टेडियमहरू यी ९ राज्यहरू आन्ध्र प्रदेश, गुजरात, हिमाचल प्रदेश, दिल्ली, तमिलनाडु, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक र पश्चिम बंगालमा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖