• Tuesday 6th of October 2026

एमाले कर्णाली अधिवेशन: राजबहादुर शाही र प्रेमबहादुर सिंहले पनि लिए उम्मेदवारी फिर्ता


  • धनकुटा खबर
  • .

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाही र प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

शाही र सिंहले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। शनिबार उनले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

अब अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖