• Tuesday 6th of October 2026

कोशी प्रदेश एमाले : उपाध्यक्षमा चेम्जोङको मात्रै मनोनयन


  • धनकुटा खबर
  • .

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेको छ ।

अहिलेसम्म उपाध्यक्षमा टिकाराम चेम्जोङको मात्रै मनोनयन दर्ता भएको हो ।

उनी यसअघि अध्यक्षको दाबी गर्दै आएका थिए ।

अहिलेका उपाध्यक्ष समेत रहेका चेम्जोङलाई यस पटक उपाध्यक्षमै बस्न सहमति गराइएपछि उनी साझा उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

धनकुटाका चेम्जोङ संविधान सभा सदस्य हुन् ।-नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖