• Monday 5th of October 2026

सिटीको शत प्रतिशत सुरुवातमा पूर्णविराम


  • धनकुटा खबर
  • .

लण्डन । साबिक विजेता म्यानचेस्टर सिटीको प्रिमियर लिगको नयाँ सिजनमा शत प्रतिशत नतिजामा पूर्णविराम लागेको छ । शनिबार राति भएको खेलमा सिटी वूल्भ्सँग स्तब्ध बनेको हो ।

रुवेन डियासले आत्मघाती गोल गरेपछि वूल्भ्सले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जुलियन अल्भारेजले खेल बराबरी गरे । यद्यपि यो लामो समय कायम रहन सकेन ।

६६ औँ मिनेटमा ह्वाङ हि चानले निर्णायक गोल गर्दै सिटीलाई झट्का दिए । खेलमा सिटीका म्यानेजर प्रतिबन्धका कारण टच लाइनमा उभिन पाएका थिएनन् भने अर्लिङ हालाल्डले खेल अवधिभर मात्र एउटा गोलको अवसर पाएका थिए ।

पराजयका बावजुद सिटी ७ खेलबाट १८ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा कायम छ । वूल्भ्स भने ७ अङ्कसहित लिगको १३ औँ स्थानमा छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖