• Tuesday 6th of October 2026

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्किएको भोलिपल्ट एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रतिनिधिसभा बैठक बस्नु अघि एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौलालाई लिएर बालुवाटार पुगेका हुन्।

पूर्व सहमति अनुसार सुन तस्करी प्रकरणको छानविनका लागि सरकारले आयोग गठन नगरेको भन्दै एमालेले ससद बैठक अवरुद्ध गर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद् अवरुद्ध गरेपछि राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच ६ भदौमा जाँचबुझ आयोग बनाउने सहमति भएको थियो।

तर, भेप र ब्रेकसु लगायतमा लुकाएर भएका सुन तस्करीको जाँचबुझ गर्न बनाइने उच्चस्तरीय आयोगको कार्यादेशबारे सहमति जुटाउने प्रयास सफल हुन सकेको छैन।

२ साउनमा बरामद भएको ब्रेकसुमा लुकाएर ल्याएको सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अनुसन्धान सकेर अभियोजनसमेत भइसकेपछि ५ असोजभित्र जाँचबुझ आयोग गठन गर्ने सहमतिमा उल्लेख थियो।

५ असोजकै दिन दलहरूबीच जाँचबुझ आयोगको कार्यादेशबारे छलफल भएको थियो, तर सहमति जुटेन। गत आइतबार पनि यही विषयमा छलफल भयो। सुरुमा एमाले बाहेकका दलहरूबीच रक्षा मन्त्रालयमा छलफल भयो।

त्यहाँ आयोगको कार्यादेशको प्रस्ताव तयार भयो । त्यसपछि गृह मन्त्रालयमा भएको छलफलमा एमाले नेताहरूलाई उक्त प्रस्तावबारे सत्तारूढ दलका नेताहरूले जानकारी गराए। छुट्टै प्रस्ताव लिएर गएका एमाले नेताहरूले पनि आफ्नो प्रस्ताव सुनाए। तर, दलहरूबीच सहमति जुट्न सकेन।

सत्तारूढ दलका नेताहरूका अनुसार केही दिन पहिले पनि जाँचबुझ आयोगको कार्यादेशबारे एमाले नेताहरूसँग छलफल भएको थियो। त्यसअनुसार २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन र कार्यादेशबारे मोटोमाटी निर्णय गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖