• Tuesday 6th of October 2026

अपराधीलाई उन्मुक्ति दिएको भन्दै रविकाे आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी दिएको भन्दै आपत्ति जनाएका हुन्।

जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली सदाका लागि बन्द गर्न उनले माग गरे।

त्यस्तै लामिछानले सधैं घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाए। उनले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖