• Tuesday 6th of October 2026

सभापति लामिछाने – मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने, तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोपसमेत लगाए ।

‘आयाल निगम पेट्रोलियम पदार्थ आफैँ आयात गर्छ, आफैँ व्यापार गर्छ र नियमन पनि आफैँ गर्छ,’ उनले भने, ‘कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ, तर सधैँ घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖