पोखरा । पोखराका लागि उडेका दुई जहाज अवतरण नगरी काठमाडौं फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी डाइभर्ट भएका हुन् ।
पोखरा विमानस्थलले केही समय सञ्चार उपकरणमा समस्या आएको र अहिले समाधान भइसकेको बताएको छ ।
‘समस्या समाधान भइसक्यो, एकैछिन सानो फल्टमात्र भएको हो, त्यतिबेलै समाधान भइसक्यो । उडान सुचारु छ’, प्रवक्ता जशोना रेग्मीले भनिन् ।
